नाजिरको पूरा भयो रहर : ‘तिमीसँग’ मा साम्राज्ञीसँग गर्नेछन् स्क्रिन सेयर
शिशिर राणाको निर्माण तथा निर्देशन रहने फिल्म ‘तिमीसँग’ मा नाजिर हुसेन थपिएका छन् । अब फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाह र आकाश श्रेष्ठ, नाजिरको मुख्य भूमिका हुनेछ । फिल्ममा साम्राज्ञी, आकाश र नाजिरबिच त्रिकोणात्मक प्रेम रहने निर्देशक तथा निर्माता राणाले बताए ।
स्क्रिप्ट चित्त बुझेर ‘तिमीसँग’ खेल्न राजी भएका नाजिर साम्राज्ञीसँग स्क्रिन सेयर गर्न पाउँदा खुसी देखिए । ‘ड्रिम्स’ फिल्म हेरेपछि नाजिरले साम्रज्ञीसँग फिल्म खेल्ने चाहना व्यत्त गरेका थिए । ‘एउटा राम्रो कलाकारले अर्को राम्रो कलाकार पाउनु भनेको भगवान पाउनु जस्तो हो । यस हिसाबले मैंले भगवान पाएको छु’ नाजिरले भने । यता दोश्रो फिल्म ‘ए मेरो हजुर २’ को सुटिङ सकाएकी साम्राज्ञीले पनि नाजिरसँग स्क्रिन सेयर गर्ने चाहना राखेकी रहिछन् । नाजिरको दाँजोमा गएर अभिनय गर्न आफुलाई चुनौती पर्ने साम्राज्ञीले बताइन् । ‘म त तिम्रै हुँ’ बाट रजतपटमा डेव्यु गरेका नायक आकाश श्रेष्ठले फिल्मको लागि मिहेनत गरिरहेको बताए ।
यसै सातादेखि ‘वर्कसप’ सुरु भएको फिल्म ‘तिमीसँग’ को यही पुष पन्ध्र गतेदेखि छायाँकन सुरु हुनेछ । काठमाण्डौंदेखि पोखरा अनि पुनहिल र जनकपुरमा फिल्मको सुटिङ हुनेछ ।
For More videos Log on to Mazzako TV