anmol n shristi pic new

अनमोल केसी र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘गाजलु’ लाई युट्युवमा रिलिज भएको तीन दिनमा १२ लाख बढीले हेरेका छन् । हेमराज विसी निर्देशित यो कुमारी कथाको फिल्म नेपालको युट्युव ट्रेन्डिङमा तीन दिनदेखि नम्वर वानमा रहि आएको छ । फिल्म हेर्नुस् :

यही सालको जेठ अन्तिम साता प्रदर्शनमा आएको फिल्म ‘गाजलु’ ले सार्वजनिक प्रदर्शनमा पनि दर्शकको राम्रो साथ पाएको थियो । यही फिल्मबाट सन् २०१२ की मिस सृष्टिले फिल्ममा डेव्यु गरेकी हुन् । प्रदर्शनको हिसाबले अनमोलको यो फिल्म चौथो हो । रोहित अधिकारीले निर्माण गरेको ‘गाजलु’ मा अनमोल र सृष्टिसँगै गौरव पहारी, मेनुका प्रधान र ऋतिक शाही मुख्य भूमिकामा छन् ।

For More videos Log on to Mazzako TV