निर्माता छविराज ओझाले आफ्नो ब्यानर छविराज प्रोडक्सनबाट नयाँ फिल्म ‘मंगलम’ निर्माण गर्ने भएका छन् । नवल नेपालले निर्देशन गर्ने फिल्ममा नायिका शिल्पा पोखरेल, ‘दर्पण छायाँ २’ डेव्यु नायक पुष्पल खड्का र ‘किस्मत २’ डेव्यु नायक पृश्वीराज मुख्य भूमिकामा पक्का भएका छन् ।

shila-puspal-pritivi

‘मंगलम’ निर्माणको घोषणा भएसँगै शिल्पा निर्मात्री पनि भएकी छिन् । नायिका तथा निर्मात्री पोखरेलले फिल्म बारे छोटकरीमा भनिन्, ‘यो पूर्ण लभ स्टोरी फिल्म हो । यस्मा म फाईट खेल्दिनं ।’ मंगलमको अर्थ शुभ भन्ने हुन्छ । शिल्पाले आफ्नो फिल्म निर्माण र अभिनयको दुवै करिअर शुभ हुने आशा व्यक्त गरिन् । छवि ओझाको ‘लज्जा’ बाट डेव्यु गरेकी शिल्पा अभिनित ‘हवल्दार सुन्तली’ र ‘फागु’ जस्ता फिल्म एक्सन केन्द्रित थिए ।

माघको दोश्रो सातादेखि छायाँकन सुरु हुने फिल्म ‘मंगलम’ मा विष्णु कल्पित छायाँकार, दीपक शर्मा संगीतकारको रुपमा अनुबन्धित भएका छन् । ‘मंगलम’ लाई गोबिन्द फुयाँलले लेखेका हुन् ।

For More videos Log on to Mazzako TV