छैठौं साता प्रवेशको खुसीयालीमा ‘जात्रा’ टिमको पिकनिक
सफलतापूर्वक प्रदर्शनको छैठौं सातामा प्रवेश गरेको खुसीयालीमा ‘जात्रा’ टिमले ‘पिकनिक’ को आयोजना गरेको छ । शनिबार गोदावरी पार्कमा आयोजना गरिएको पिकनिकमा कलाकार, प्राविधिक र सञ्चारकर्मी उपस्थित थिए ।
निर्देशक प्रदीप भट्टराई, नायिका बर्षा राउत, निर्माता तथा कलाकार रविन्द्रसिंह बाँनिया, कलाकार रबिन्द्र झा टिमबाट उपस्थित थिए । निर्देशक निश्चल बस्नेत दम्पत्ती, निर्माता माधव वाग्ले पनि ‘जात्रा’ को पिकनिकमा पुगेका थिए । अभिनेता बिपिन कार्की भने सुटिङमा व्यस्त भएका कारण ‘जात्रा’ को रमाइलो पिकनिकमा सहभागी हुन पाएनन् ।
साँझसम्म चलेको पिकनिकमा म्युजिकल चियर र हाँडी फुटाउने खेल खेली रमाईलो गरिएको थियो । राम्रो प्रतिक्रिया पाइरहेको फिल्म ‘जात्रा’ ले मल्टिप्लेक्समा ५१ दिन मनाउने पक्का पक्की भएको छ ।
For More videos Log on to Mazzako TV