हेलि चार्टर गरेर सौगातलाई भेट्न किन गइन् ‘शब्द’ हिरोइन ?
घटना शुक्रबारको हो । ‘शब्द’ की सोलो नायिका कमली वाईवा अभिनेता सौगात मल्ललाई भेट्न हेलि चार्टर गरी सामागाउँ मनास्लु वेसक्याम्प पुगेकी छिन् । ‘बमकाजी’ फिल्मको छायाँकनमा रहेका सौगातलाई कमलीले भेटिनन् मात्रै हेलिमा चढाएर आफुसँगै राजधानी ल्याइन पनि । यो सबै के का लागि ?
नेपाल र अष्ट्रेलिया एकसाथ प्रदर्शन हुने फिल्म ‘शब्द’ को शोमा सहभागी हुन लागेका सौगातको भिषा प्रक्रिया अड्किएपछि सौगातलाई लिन कमली हेलि चार्टर गरेर त्यहाँ पुगेकी रहिछन् । शुक्रबार १२ बजे काठमाडौं आएका सौगात भिषाको प्रक्रिया सकाएर सोही दिन ३ बजे सामागाउँ फर्केका थिए । अष्ट्रेलियाको सिड्नी, ब्रिसबेन, मेल्वर्न लगायतका विभिन्न पाँच शहरमा हुने फिल्मको प्रदर्शनीमा सौगात र आफु सहभागी हुन लागेको कमलीले बताईन् । ट्रेलर हेर्नुस् :
सन्तोष शिवाकोटी निर्देशित फिल्म ‘शब्द’ पुष २९ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा सौगात र कमलीसँगै अनुभव रेग्मी, रोयदिप, ओशिन भट्टराई, ए गुरुङ लगायत कलाकारहरुले अभिनय गरेका छन् । फिल्ममा विष्णुकुमार थेबे र छिरिङ लामाको संयुत्त लगानी छ ।
For More videos Log on to Mazzako TV