नायक शोहित मानन्धर र नव नायिका सामिया बर्तौलाले लिड गरिरहेको फिल्म ‘हिटलर’ को छायाँकन अन्तिम चरणमा पुगेको छ । छायाँकन सकिंनै लाग्दा यस फिल्मका केही तस्बिरहरु सार्वजनिक भएका छन् ।

sohit-samiya

सार्वजनिक तस्बिरहरुमा शोहित र सामियाको केमेस्ट्रीलाई महसुश गर्न सकिन्छ । सौरभ ढकाल निर्देशित फिल्म ‘हिटलर’ को गीतको छायाँकन रारामा गरिएको छ । लोचन घिमिरेले संगीत दिएको गीतको भिडियोमा कृष्णकुमार अछामीको नृत्य निर्देशन गरेका छन् भने गीतका शब्द नरेश भट्टराईले लेखेका हुन् ।

sohit-samiya1

फिल्ममा शोहित र सामियासँगै मेनुका प्रधान, अर्जुन गुरुङ र दिवस धितालको पनि अभिनय रहेको छ । ‘हिटलर’ लाई आउँदो वर्षको जेठ १२ गते देखि प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ ।

sohit

For More videos Log on to Mazzako TV