‘ड्रिम्स’ का भिलेनले खोले बार, रेखाले काटिन् रिवन
कलाकार अमित श्रेष्ठले राजधानीको बागबजारस्थित सिटी म्याक्स हल परिसरमा मेट्रो लन्ज बार सञ्चालनमा ल्याएका छन् । झण्डै आधा दर्जन फिल्ममा अभिनय गरिसकेका अमितले जीवन लामा र ज्ञानेन्द्र खड्कासँग सहकार्य गर्दै बार खोलेका हुन् । अमितले ‘ड्रिम्स’ र छविराज ओझाले निर्माण गरेका फिल्महरुमा भिलेनको भूमिका निभाएका छन् ।

हालै आयोजित कार्यक्रममा अभिनेत्री रेखा थापाले बारको उद्घाटन गरिन् । उनले अमित आफ्नो परिवारको सदस्य जस्तै भएकाले उसले सञ्चालन गरेको बारले उन्नति गर्नेमा आशा व्यक्त गरिन् । ‘अमितले फिल्ममा जस्तै यो बारबाट पनि चर्चा पाओस् भन्ने मेरो कामना छ ।’ आमा सरस्वतीसँगै पुगेकी रेखाले भनिन् । उनले आफु पोखरामा हुन लागेको राप्रपाको कार्यक्रमलाई रद्द गरेर अमितको बार उद्घाटन गर्न आएको बताईन् ।

अमितका अनुसार रेष्टुरेन्टमा झण्डै एक करोडको लगानी रहेको छ । ‘गजल सहितको हाम्रो रेष्टुरेन्टमा आफुलाई मनपर्ने गीतसँगै विभिन्न परिकारका खानेकुराको स्वाद लिन पाउनेछन् ।’ उनले भने ।
For More videos Log on to Mazzako TV







