‘छक्का पञ्जा’ ले पार गर्यो गौरवमय एक सय दिन
फिल्म ‘छक्का पञ्जा’ ले प्रदर्शनको गौरवमय एक सय दिन पुरा गरेको छ । गत भदौ २४ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले पुष २ गते शनिबार एक सय दिन पुरा गरेको हो । सय दिने खुसीयालीमा कमलपोखरीस्थित सिटी सेन्टर हलमा कलाकार तथा प्राविधिक टिम गएर खुसीयाली मनाए । दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा’ ले राजधानीको सिटी सेन्टर, गुण, गोपी र गंगामा एक सय दिन पुरा गर्दा मोफसलमा करिब एक दर्जन हलहरुमा पुनः प्रदर्शन भएको छ । आफ्नो फिल्मले एक सय दिन पुरा गर्दा निर्देशक दिपाश्री र लेखक, निर्माता तथा अभिनेता दिपकराज गिरीले सम्पूर्ण दर्शक, कलाकार, प्राविधिक र सञ्चारकर्मी लाई धन्यवाद दिदैं फेसबुकमा स्टाटस पोस्ट गरेका छन् ।

दिपकको फेसबुक स्टाटस :
हो आज १०० दिन..यो उपलब्धि हाम्रो मात्रै होइन समग्र नेपाली चलचित्र क्षेत्र र हास्यब्यग्य क्षत्रको हो, सिनेमा ,केहि पन्डितहरूको वाहवाह लुट्न र उनिहरूलाइ खुशी पार्न नभइ दर्शको रूचिलाई ध्यानमा राखेर बनाउनु पर्ने रहेछ भन्ने कूरा सिकेको छु । आज बाट थप १३ वटा हलमा फिल्म लाग्दैछ उपत्यका बाहिर .. छुटेको भए हेर्नु होला…. जय दर्शक
दिपाश्रीको फेसबुक स्टाटस :
१०० दिन मनाएका हलमा आज हामि आउदैछौ …….जय शम्भो !!!
आज खुसीको गौरवमय १०० औ दिन .. नसोचेको अल्कपनीय अतभुत माया .. सबैलाई मन देखी धन्यवाद .. बास्तवमा म सँग शब्द छैन । म अती नै भावुक र फुरुङ भएको छु । मल्टीप्लेक्स को सीटी सेन्टर, गोपी , गंगा , गुणमा आज पनी उतीकै माया । मोफसल को १३ वटा हलहरूमा पुनः प्रदर्शन भइरहेको छ ‘छक्का पञ्जा’…
आज पनि हलमा पुग्दा हाउसफूल देखेर आँखामा आँशु आयो… तर त्यो अाँशु ताकतको अाँशु थियो तपाईहरूको माया मिसिएको ताकतको अाँशु… जस्ले मलाई सधैं उत्कृष्ट काम गर्न प्रेरित गरिरहने छ…… सम्पूर्ण मेरो टिम, प्राबिधिक, पत्रकार, कलाकार लाई धन्यबाद !
For More videos Log on to Mazzako TV







