samarpan-song

यही पौष १५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘समर्पण’ को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘आँखैले आँखको’ बोलको सार्वजनिक गीतमा संगीतकार टंक बुढाथोकीको शब्द, स्वर र संगीत रहेको छ । गीतमा टंकलाई मनीषा पोखरेलले साथ दिएकी छिन् । विश्वास लामाको कोरियोग्राफी रहेको गीतको भिडियो हेर्नुस् :

गीतलाई बंगलादेशका विभिन्न रमणीय स्थान छायांकन गरिएको छ । बसन्त निरौला निर्देशित फिल्म ‘सर्मपण’ मा कैलाश तामाङ, रञ्जु शर्मा, रुविना शर्मा, अनु पराजुली, आशा भूसाल, रोजन रखाल ,विश्व लामा, प्रयास लामा लगाएतको अभिनय रहेको छ । रोजन रखालको प्रस्तुतिमा फायर ईन्टर प्राईजेज एण्ड मिडिया प्रालीको ब्यानरमा बनेको ‘समर्पण’ लाई ईमरान सिदिकिले निर्माण गरेका हुन ।

For More videos Log on to Mazzako TV