अरुन क्षेत्री, बहराइन

गायिका आस्था राउत, सहिमा श्रेष्ठ र नायिका रिश्मा गुरुङ्गको टोली यतिबेला बहराईमा छ । भोली (December 16) शुक्रबार बहराईनमा हुने ‘नेपाली सांस्कृतिक साँझ’मा आफ्नो धमाकेदार प्रस्तुती दिनका लागि यो टोली यहाँ आएको हो । बहराइन को ४५ औ राष्ट्रिय दिवसको छुट्टी को अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमलाई लिएर आस्था, सहिमा र रिश्मा निकै उत्साहित देखिएका छन् ।

15401069_10157851462945517_8332865068338026798_n
नेपाली क्लब बहराइनले कार्यक्रमको आयोजना गरेको हो । सन 2000 मा बहराइन को सोसल मा दर्ता भएको यस क्लब ले बहराइन मा रहेका नेपालीहरुलाई विभिन्न किसिमको सहयोग पनि गर्दै आईरहेको छ । नेपाली कला संस्कृति लाई जगेर्णा गर्नको साथै सबै नेपालीहरुको साझा थलोको रुपमा रहेको यस क्लबले गर्न लागेको यस कार्यक्रममा बहराईनमा रहेका सबै नेपालीहरुलाई उपस्थितीको लागि निम्ता पनि गरिएको छ । कार्यक्रम डेल्मन इन्टरनेश्नल होटल, मानमा बहराईनमा हुदैछ । 15556090_1877443672542412_1325347497_n

For More videos Log on to Mazzako TV