दिपेन्द्र के.खनालले निर्देशन गर्ने फिल्म ‘धनपती’ का लागि नायिका पक्का भएको छ । ‘धनपति’ उर्फ अभिनेता खगेन्द्र लामिछानेको पत्नीको भूमिकामा नायिका सुरक्षा पन्त पक्का भएकी छिन् । फिल्मको पात्रमा हुनुपर्ने गुण सुरक्षामा खरो देखिएपछि ‘धनपती’ मा उनलाई पक्का गरिएको निर्देशक खनालले बताए । सुरक्षाले यसअघि फिल्म ‘अझै पनि’ मा सह-नायिकाको भूमिका निभाएकी थिइन् ।

khagendra-dipendra-pramila

टुकी आर्टस् र दिपेन्द्र के खनालको संयुक्त लगानीमा निर्माण हुने फिल्म ‘धनपति’ को यतिबेला स्क्रिप्ट पढ्ने कार्य भैरहेको छ । माघको पहिलो सातादेखि फिल्मको छायाँकन सुरु हुनेछ । निरज कँडेलको छायाँकन रहने फिल्ममा खगेन्द्र र सुरक्षासँगै आशान्त शर्मा, हरिहर शर्मा, प्रकाश घिमिरे लगायत कलाकारहरुको अभिनय रहनेछ । खगेन्द्रको कथा, पटकथा एंव संवाद रहेको फिल्ममा उनी नै शिर्ष भूमिकामा प्रस्तुत हुनेछन् । फिल्मले समसामयिक घटना तथा परिवेशलाई उठाउनेछ । दर्शकको मन जित्न सफल फिल्म यही टिमले निर्माण गरेको फिल्म ‘पशुपति प्रसाद’ ले व्यापारिक सफलता पनि हात पारेको थियो ।

For More videos Log on to Mazzako TV