बिदेशी ब्रान्डमा नेपालीको मोड्लिङ्ग
एक विदेशी ब्रान्डको विज्ञापनमा नेपाली मोडलहरुले मोडलिङ गरेका छन् । युकेको उडल्याण्ड ब्रान्डले तयार पारेको स्पोर्ट सुजको विज्ञापनमा नेपाली मोडलहरुले मोडलिङ गरेका हुन् ।
नेपालको तर्फबाट विज्ञापनको निर्देशन गरेका निर्देशक जनकदिप पराजुलीले नेपाली ब्रान्डले नपत्याउँदा पनि विदेशी ब्रान्डले पत्याएकोमा खुसी व्यक्त गरे । २ महिनाको मिहिनेतपछि उक्त विज्ञापन खिचिएको जनकदिपले बताए । १ दिनमा २ प्रकारका विज्ञापन खिचेको उनको भनाई छ ।
सुरुमा यसको छायांकन भारतमा गर्ने र मोडल पनि भारतीय नै राख्ने प्रस्ताव विज्ञापन कम्पनीले गरेको थियो । तर, नेपाली मोडल र नेपालको लोकेशन हेरिसकेपछि कम्पनी नेपाली मोडल राखेर नेपालमै खिच्न सहमत भएको निर्देशक पराजुली बताउँछन् ।
लिन्टाज इन्डिया एजेन्सीले ग्याप इन्टरटेन्मेन्टले तयार गरेको २ विज्ञापनमध्ये एकमा मोडल दीपक घिमिरेले काम गरेका छन् भने अर्कोमा मोडलद्धय दीपिका प्रसाईं र भाष्कर बाँनियाले काम गरेका छन् ।
For More videos Log on to Mazzako TV