arjun-pokhrel-photo-docx

फिल्म ‘प्रेम गीत’ मा उत्कृष्ट संगीत दिएका संगीतकार अर्जुन पोखरेलले यो फिल्मको सिक्वेलमा भने संगीत नदिने भएका छन् । ‘प्रेम गीत २’ समुहले आफुमाथि अविश्वस र झुठो आरोप लागाएपछि संगीतकार पोखरेल ‘प्रेम गीत २’ बाट हात झिक्न बाध्य भएका हुन् । संगीतकार पोखरेलले ‘प्रेम गीत २’ छोड्नुको थप कारण बारे बुझ्न यो मज्जाको भिडियो हेर्नुस् :

उसो त ‘प्रेम गीत २’ मा आफुले संगीत दिएका गीतहरु नरहने भएपछि उक्त समुहबाट आफुलाई धम्कीपूर्ण शैलीको मोबाइल म्यासेज आएको संगीतकार पोखरेलले खुलाएका छन् । ‘धेरै कुरा गर्दै हिंडेछौं तिमीलाई भोलि भेटेर राम्ररी सम्झाउँला भनेर म्यासेज आएको छ’ ‘प्रेम गीत २’ का एक सदस्यले आफुलाई पठाएको मोबाइल म्यासेज बारे संगीतकार पोखरेलले भने । यो विषयले अहिले बजारमा चर्चा पाइरहेको छ । निर्माता सन्तोष सेन र निर्देशक रामशरण पाठक भने यतिबेला फिल्मको छायाँकनमा छन् ।

For More videos Log on to Mazzako TV