निर्माता भन्छन्, ‘बिजुली मेशिनमा दर्शक छन्’
चौथो सातामा आउँदा पनि फिल्म ‘बिजुली मेशिन’ लाई दर्शकले साथ दिइरहेको निर्माता दिपेन बस्नेतले बताएका छन् । निर्माता बस्नेतका अनुसार यो ‘साइन्स फिक्सन’ फिल्मले विशेष गरी मल्टिप्लेक्स हलमा दर्शकको साथ पाइरहेको छ ।

‘मल्टिप्लेक्सले फेरी फिल्म लगाएको छ’ निर्माता बस्नेत भन्छन्, ‘दर्शकको माग भएपछि कुमारीमा फेरी फिल्म लगाइएको छ ।’ कमलपारीको बिग मुभिज र दरबारमार्गको राइजिङ मल अनि गोपि, गुण जस्ता हलमा फिल्म हेर्न दर्शक आइरहेको निर्माता बस्नेत बताउँछन् । नविन अवाल निर्देशित फिल्म ‘बिजुली मेशिन’ लाई दर्शकले रुचाएका छन् । फिल्ममा नव युवा कलाकारहरुको अभिनय रहेको छ ।
For More videos Log on to Mazzako TV







