‘रोमियो’ ले पनि बुक गर्यो आफ्नो रिलिज डेट
आगामी वर्ष ०७४ को लागि आफ्नो फिल्मको प्रदर्शन मिति बुक गर्ने क्रम बढिरहेको छ । यस्तैमा नायक हसनराजा खानले निर्माण गरेको फिल्म ‘रोमियो’ ले पनि आगामी वर्षका लागि आफ्नो प्रदर्शन मिति बुक गरेको छ । नायक तथा निर्माता खानका अनुसार ‘रोमियो’ आगामी वर्षको बैशाख २९ गतेबाट प्रदर्शनमा आउनेछ ।

एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्म ‘रोमियो’ को हाल सम्पादन कार्य भैरहेको छ । शंकर कार्कीले निर्देशन गरेको यो लभ स्टोरीमा फिल्ममा हसन सहित नायिका निशा अधिकारी अधिकारी, मेलिना मानन्धर, ओसिमा बानु लगायत कलाकारहरु मुख्य भूमिकामा प्रस्तुत भएका छन् । फिल्मको ‘ल्याङ ल्याङ’ बोलको अडियो गीत समेत सार्वजनिक भैसकेको फिल्मबाट निर्माता तथा नायक खान निकै आशावादी छन् ।
For More videos Log on to Mazzako TV







