एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली फिल्मका नायक बन्ने भएका छन् । उनकै जीवनी माथि बन्ने फिल्म ‘रातो सूर्य’ मा ओली नायक बन्ने भएका हुन् । दिपेन्द्र प्रसाद दाहालले निर्देशन गर्ने ‘रातो सूर्य’ को मंगलबार नयाँ बानेश्वरको होटल अर्यालमा एमाले कार्यकर्ता माझ औपचारिक निर्माणको घोषणा गरियो ।

kp-oli

निर्देशक दाहालका अनुसार ओलीको बाल्यकालदेखि ६५ वर्षको जीवनीलाई ‘रातो सूर्य’ मा प्रस्तुत गरिनेछ । ओलीले काठमाण्डौंमा दश दिन सुटिङ गर्नुपर्नेछ । पुर्व प्रधानमन्त्री ओलीलाई फिल्म खेले वापत् पारिश्रमिक समेत दिइने निर्देशक दाहालले बताएका छन् । १६ देखि ४५ वर्षको उमेरसम्मको ओलीको भूमिकामा भने कलाकार अनुपम शर्मा प्रस्तुत हुँदैछन् ।

For More videos Log on to Mazzako TV