अभिनेत्री विपना थापाको आज जन्मदिन हो । काठमाण्डौंमा जन्मिएकी विपनाले ‘जन्मभूमि’ बाट आफ्नो फिल्मी करिअर सुरु गरेकी थिइन् । विपना आफ्नो जमनाकी हिट हिरोइन हुन् । निरुता सिंह, जल शाह र विपना थापाबिच एक समय खरो प्रतिस्पर्धा हुन्थ्यो र यी तिनै नायिकालाई लिएर फिल्म बनाउँन निर्माता तथा निर्देशक लालयित हुन्थें ।

bipana-thapa

सफल हिरोइन विपनाले बिहे पश्चात् भने नेपाली फिल्मबाट सन्यास लिए जस्तो गरिन् । सन् २००८ मा भारतको मथुरा राज्यका आशुतोष भारद्वाजसँग बिवाह गरेकी विपनाले एक सन्तान (छोरा) लाई जन्म दिएकी छिन् । राजनीतिक पृष्ठभूमिको परिवारसँग बैवाहिक नाता गाँसेकी विपना यतिबेला घर गृहस्थीमै व्यस्त छिन् । नेपाली दर्शकदेखि टाढा भएपनि विपना सामाजिक सञ्जालमा भने सक्रिय छिन् । उनी फेसबुकमा दैनिक जसो अपडेट हुन्छिन् । विपनालाई जन्मदिनको शुभकामना !

For More videos Log on to Mazzako TV