जीवन र बर्षाले लञ्च गरे नयाँ क्यामेरा
काठमाण्डौको बबरमहलमा रहेको ‘ओलिज स्टोर’ ले क्यामेरामा नयाँ प्रविधी भित्र्याएको छ । सन् २००७ देखि सञ्चालनमा रहेको उक्त स्टोरमा भित्रिएका नयाँ क्यामेराहरुको नायक जीवन लुईंटेल र नायिका बर्षा सिवाकोटीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । ओलिज अफिसमा मंगलबार यसको लागि प्रेसमिट नै आयोजना गरिएको थियो ।

ओलिज स्टोरले डीजेआइ कम्पनी लगायतका विश्वका चर्चित कम्पनीका नयाँ नयाँ ब्रान्ड भित्राउँदै आएको छ । ओलिजले फान्टम, माभिक, ओज्मो, रोनिन लगायतका प्रोडक्टहरु बजारमा ल्याएको बताएको छ । यसका संचालकले अनलाइनमार्फत पनि बुकिङ गर्न सक्ने बताए । नेपाली चलचित्र क्षेत्रका लागि आवश्यक पर्ने मल्टिकप्टर, ओज्मो क्यामेरा गियर, ओज्मो प्रो, प्यान्टम फोर लगायतका क्यामेरा ओलिजमा पाउन सकिनेछ । फिल्म क्षेत्रमा नयाँ–नयाँ प्रविधी भित्रिरहेको समयमा यी प्रविधीले उत्कृष्ट दृश्य पर्दामा देखाउन मद्दत गर्ने यसको संचालकले विश्वास गरेका छन् । कार्यक्रममा पुगेका नायक जीवन लुइटेलले हरेक बर्ष आफुले निर्माण गर्ने फिल्मको चालिस प्रतिशत दृश्य खिच्न ड्रोन प्रयोग गर्ने बताए । नायिका बर्षा सिवाकोटीले यी प्रविधीले फिल्म हेर्ने दर्शकको आँखामा अझ शितलता प्रदान गर्ने बताइन् ।

यसैविच, ओलिज स्टोरले व्रान्ड प्रवद्र्धनका लागि फोटो पत्रकार क्लबका महासचिव श्रीधर पौडेललाई ब्रान्ड एम्ब्यासडर पनि नियुक्त गरेको छ । छायांकारहरुलाई सरल तरिकाले उत्कृष्ट दृश्य कैद गर्न यी क्यामेराले सहयोग पुर्याउने ब्रान्ड एम्ब्यासडर पौडेलले विश्वास व्यक्त गरे ।
For More videos Log on to Mazzako TV







