नायिका बर्षा राउतले आफ्नो २३ औ जन्मदिन दर्शकसँग मनाएकी छिन् । कमलपोखरीस्थित कुमारी हलमा मध्यान्ह्को शोमा ‘जात्रा’ हेर्न आएका दर्शकमाझ बर्षाले जन्मदिनको केक काटेकी हुन् । पहिलो पटक दर्शकसँग बसेर केक काट्दा सुरुमा लाज लागेको बर्षाले अनुभव सुनाइन् ।

barsa-raut-birth-day

ह्याप्पी वर्थ डे लेखिएको केकमा बर्षाको फोटो पनि बनाइएको थियो । बर्षाले सुरुमा जन्मदिनको केक ‘जात्रा’ का अभिनेता विपिन कार्कीलाई खुवाएकी थिइन् भने त्यसपछि प्रेमी संजोग कोईराला, फिल्म युनिट अनि दर्शकलाई खुवाएकी थिइन् । वर्थ डे विस गर्दै बर्षासँग दर्शकले सेल्फी लिएका थिए ।

barsa-with-fan

बर्षाको जन्मदिनको केक काट्ने कार्यक्रममा निर्देशक प्रदीप भट्टराई सहित अभिनेता कार्की, निर्माता तथा कलाकार रविन्द्रसिंह बाँनिया, कलाकार कमलमणी नेपाल अनि सञ्चारकर्मी उपस्थित थिए । ‘छक्का पञ्जा’ पछि ‘जात्रा’ को सफलता लिइरहेकी बर्षाले अगामी दिनमा राम्रा राम्रा फिल्ममा अभिनय गर्ने बताइन् । ‘जात्रा’ अहिले पाँचौं सातामा चलिरहेको छ ।मज्जाको अनलाइन डटकम परिवारको तर्फबाट पनि बर्षालाई जन्मदिनको शुभकामना !

barsa-raut1

For More videos Log on to Mazzako TV