निर्देशक सुदर्शन थापाले फिल्म ‘म यस्तो गीत गाउँछु’ को लागि पूर्ण टिम पाएका छन् । सुदर्शन स्वयमको लेखन रहेको फिल्ममा पूजा शर्मा र पल शाहको जोडी मुख्य भूमिकामा प्रस्तुत हुनेछन् भने सञ्जय लामाको छायाँकन, अर्जुन पोखरेलले संगीत र कविराज गहतराजको कोरियोग्राफी रहने फिल्ममा विश्व गौतमको कस्टुम डिजाइन रहनेछ ।

ma-esto-geet-gauxu-team-docx

फिल्मको पर्दा र पर्दा पछाडिका हिरोहरुसँगै ‘म यस्तो गीत गाउँछु’ का सह पात्रहरु पनि पक्का भएका छन् । दिनेश न्यौपानेको पटकथा तथा संवाद रहने फिल्ममा अभिनेता सरोज खनाल, अभिनेत्री रुपा राणा अनि कलाकारहरु राजाराम पौडेल, प्रज्जवल सुजल गिरी, नविन मानन्धर, करुन लामा, मोहन निरौला ‘म यस्तो गीत गाउँछु’ को लागि फाइनल भएका छन् । कलाकार तथा प्राविधिक पक्का भएसँगै निर्देशक थापाले फिल्म फ्लोर पस्ने मिति पनि तय गरेका छन् । निर्देशक थापाको योजना अनुसार माघ २१ गतेबाट ‘म यस्तो गीत गाउँछु’ को छायांकन सुरु हुनेछ । फिल्मको प्रोडक्सन डिजाइन नविण पुरीले गर्नेछन् । पूजा र पलसँग गरिएको मज्जाको गफ हेर्नुस् :

छायाँकन मिति तय गरेर निर्देशक थापाले सोमबार कलाकार र प्राविधिकलाई फिल्म बारे छोटो ‘क्लास’ लिए । निर्माता समेत रहेका थापाले उनीहरुलाई फिल्म छायाँकन हुने लोकेशन, अवधी अनि त्यस्मा आफ्नो टिमको भूमिका बारे जानकारी दिएका थिए । फिल्मको छायाँकन काठमाण्डौं र काठमाण्डौं बाहिरका सुन्दर लोकेशनमा हुनेछ । सुटिङ अवधि पैतालिस दिनको छुट्याइएको छ । ‘म यस्तो गीत गाउँछु’ को प्रोडक्सन डिजाइन नविण पुरीले गर्नेछन् ।

For More videos Log on to Mazzako TV