चैत ११ मा ‘डल्ली’ को डायरी आउने
डल्ली उर्फ छुल्ठिम गुरुङले निर्माण गरेको फिल्म ‘डायरी’ यस वर्षको चैत ११ गतेदेखि प्रदर्शनमा आउने पक्का भएको । डल्लीको ‘डायरी’ ले यो मितिमा सोलो रिलिजको अवसर पाएको छ । हालसम्म कुनै पनि फिल्मले यस मितिमा आफ्नो फिल्मको प्रदर्शन मिति तय गरेका छैनन् । निर्देशक अनिल योञ्जनले वितरक तथा हलवालासँगको छलफलपछि ‘डायरी’ लाई चैत ११ मा ल्याउने निर्णय भएको बताए ।

रेखा थापा, छुल्ठिम र नव नायक सन्नी सिंहको मुख्य भूमिका रहेको फिल्म ‘डायरी’ को टिजर सार्वजनिक भैसकेको छ । जुन टिजरमा देखिएको रेखाको भिलेन अवतारको लिएर चर्चा चलिरहको छ । पहिलो पटक फिल्म बनाएकी डल्लीको ‘डायरी’ कस्तो होला ? चर्चा र चासो पनि सँगै छ । उसो त ‘डायरी’ मा जोयाको भूमिका निभाएकी डल्लीले आफ्नो यस भूमिकालाई दर्शकले मन पराउने विश्वास व्यक्त गरेकी छिन् । ‘फिल्मको कथा दर्शकलाई मन पर्ने छ’ डल्ली भन्छिन् । टिजर हेर्नुस् :
छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण रहेको यस फिल्ममा रेखा, छल्ठिम र सन्नीसँगै दिनेश डिसी, बिनोद पौडेल लगायतको पनि अभिनय रहनेछ । छेतेन गुरुङको कथा रहेको फिल्मलाई शिव राम श्रेष्ठले छायांकन गरेका हुन् भने सम्पदान प्रविन श्रेष्ठले गरिरहेका छन् । ‘डायरी’ लाई उपत्यकामा गोविन्द शाहीले वितरण गर्नेछन ।
For More videos Log on to Mazzako TV







