फिल्म ‘प्रेम गीत २’ को छायांकन सोमबार पशुपतिनाथ मन्दिरदेखि सुरु भएको छ । चावहिल गणेश मन्दिरमा पूजा आरधाना सहित यो फिल्मको शुभ साईत गरियो । रामशरण पाठकले निर्देशन गर्ने ‘प्रेम गीत २’ को अबको दुई महिना नेपाल सहित विदेशी भूमिमा छायाँकन हुनेछ ।

pradip-ashlesha

सन्तोष सेनको निर्माणमा आशुसेन ब्यानरको तेस्रो प्रस्तुती रहेको फिल्म ‘प्रेम गीत २’ प्रदीप खड्का र अश्लेषा ठकुरी मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । पहिलो फिल्म ‘चंखे शंखे पंखे’ निर्माण गरेका निर्माता सेनले तेश्रो फिल्मलाई स्तरिय बनाउने बताएका छन् । फिल्ममा प्रदीप र अश्लेषसँगै भुवन चन्द, श्रद्धा प्रसाईं, कैलाश कट्वाल, राजाराम पौडेल, प्रशान्त घिमिरे, संगीता नापित, कविता रेग्मी, कुमार कार्की, मुक्तबाबु आचार्य र सौरभ क्षेत्री लगायत कलाकारहरुको अभिनय रहनेछ । अश्लेषाले ‘प्रेम गीत २’ बाट डेव्यु गरेकी हुन् ।

prem-geet2-team

फिल्ममा रेनशा राईको नृत्य, अष्ट महर्जनको द्धन्द्ध, पुरुषोत्तम प्रधानको छायांकन समावेश हुनेछ । यसपटक प्रेमगीतको दोस्रो संस्करणलाई लिएर दर्शकमाझ पर्खाइ छ । आगामी भदौमा रिलिज डेट लक्ष्य राखिएको छ । काठमाडौं, मुगुको रारा ताल, कपिलवस्तुको लुम्बिनी, थाइल्यान्डको पताया र बैंकक हुँदै नेपाली भाषी बहुल म्यानमारको रंगुन लगायतका थलोमा फिल्मको छायाँकन हुनेछ ।

For More videos Log on to Mazzako TV