राप्रपामा यसरी भयो रेखाको प्रवेश (फोटो र भिडियो)
नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेकी छिन् । सोमबार नयाँ बानेश्वरको ईन्द्रणी होटलमा आयोजना गरिएको कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले रेखालाई सदस्यता पत्र प्रदान गर्दै पार्टीमा स्वागत गरे ।
पार्टी प्रवेश गर्दै रेखाले सदस्यता लिएर पार्टी प्रवेश गरेको राप्रपा नै आफ्नो पहिलो पार्टी रहेको दाबी गरिन् । उनले ए.माओवादी पार्टीको सदस्यता नलिएको र उक्त पार्टीको सदस्य नभएका दाबी गरिन् । एमाओवादी पार्टीले उनलाई गएको संविधानसभा चुनावको टिकट उपलब्ध गराएको थियो । तर, भोटर लिस्टमा नाम नलेखाएका कारण चुनाव लड्न पाएकी थिइनन् ।
राप्रपा प्रवेश कार्यक्रममा रेखाले भनिन्, ‘म यसअघि कुनै पनि पार्टीको दायरामा थिइँन् । म स्वतन्त्र थिएँ । आजबाट म हिन्दूवादी अर्थात् राप्रपाको भएको छु र हुने छु ।’ राप्रपाको राष्ट्रियता र हिन्दूवादी नीति मन परेकाले आफु पार्टी प्रवेश गरेको बताइन् ।
रेखासँगै उनकी आमा सरस्वती थापाले पनि राप्रपाको सदस्यता लिइन् । रेखा किन राप्रपा प्रवेश गरिन् त ? राप्रपा प्रवेश गर्नु अघि रेखासँग लिइएको मज्जाको गफ हेर्नुस् :