Jatra

फिल्म ‘छक्का पञ्जा’ ले सय दिनको यात्रा तय गर्दै गर्दा अन्य नेपाली फिल्महरु पनि हलमा प्रदर्शन भैरहेका छन् । ‘छक्का पञ्जा’ पछि प्रदर्शनमा आएका ‘जात्रा’, ‘पुरानो डुङ्गा’ र ‘बिजुली मेशिन’ कति औं सातामा चलिरहेका छन् त ? ।  ‘जात्रा’ लाई दर्शकले दिएको प्रतिक्रिया :

दर्शक र समिक्षक दुवैले रुचाएको फिल्म ‘जात्रा’ अहिले पाँचौ सातामा चलिरहेको छ । प्रदिप भट्टराई निर्देशित यो फिल्म हेर्न अझै पनि हलमा दर्शकको चाप राम्रै छ । विपिन कार्की वाही वाहीको पात्र बनिरहेका छन् । यस्तै बहुप्रतिक्षित फिल्म ‘पुरानो डुङ्गा’ चौथो सातामा चलिहरको छ । तर प्रतिक्रिया मिश्रित भइदिंदा रामबाबु गुरुङ निर्देशित फिल्मले जुन रुपमा दर्शकको साथ पाउनु पर्ने हो, त्यस प्रकारको दर्शकको साथ भने पाइरहेको छैन । ‘पुरानो डुङ्गा’ लाई दर्शकले दिएको प्रतिक्रिया :

यता युवा पुस्ताले बनाएको फिल्म ‘बिजुली मेशिन’ ले यो साताबाट तेश्रो साताको प्रदर्शन यात्रा तय गरेको छ । नविन अवाल निर्देशित यो फिल्मले हिजो शनिबार बिग मुभिजमा झण्डै हाउसफूलको व्यापार गरेको निर्माता दिपेन बस्नेतले जानकारी दिएका छन् । साइन्स फिक्सनको यो फिल्मलाई दर्शकले रुचाएका छन् । ‘बिजुली मेशिन’ लाई दिपक र दिपाको प्रशंसा :

For More videos Log on to Mazzako TV