जीवनमै पहिलो पटक गुगल ब्वोईले हेरे ‘छक्का पञ्जा’
गुगल ब्वोईको नामले चर्चा कमाएका आदित्य दाहालले फिल्म ‘छक्का पञ्जा’ हेरेका छन् । आदित्यले आइतबार साँझ कमलपोखरीमा रहेको बिग मुभिजमा निर्देशक दिपाश्री निरौला र अभिनेता दिपकराज गिरीसँग ‘छक्का पञ्जा’ हेरेका हुन् । उनले जीवनमै पहिलो पटक नेपाली फिल्म हेरेका हुन् ।

गुगल ब्वोईआफैंले ईच्छा व्यक्त गरेर ‘छक्का पञ्जा’ हेर्न आएको निर्देशक दिपाश्री निरौलाले बताइन् । फिल्म हेरेपछि उनले आफुलाई आशिर्वाद दिएको निर्देशक निरौलाले बताइन् । उनी बोल्न सक्दैनन् । दिपाश्रीको डेव्यु निर्देशन रहेको फिल्म ‘छक्का पञ्जा’ ले आउँदो पुष २ गते प्रदर्शनको एक सय दिन मनाउँदैछ । फिल्मले हालसम्म १६ करोड माथिको व्यापार गरेको छ ।
For More videos Log on to Mazzako TV







