क्यानडा बस्ने पदमले ल्याए ‘कोही त होला’ (भिडियो)
नेपाली साँगीतिक बजारमा अर्को नयाँ म्युजिक भिडियो आएको छ । क्यानडामा बस्दै आइरहेका पदम भट्टराईले आफ्नै स्वर तथा संगीतमा ‘कोहि त होला’ बोलको म्युजिक भिडियो तयार गरेका छन् । गीतको शब्द राजुबाबु श्रेष्ठको छ । भिडियोमा पदम आफैं र मोडल कुसुम बस्नेत फिचरिङ छन् । डि एण्ड डि क्रियशनको निर्देशनमा बनेको म्युजिक भिडियो यस्तो छ :
क्यानडाको सुन्दर दृश्यलाई हरी सिवाकोटीले पर्दामा उतारेका छन् भने भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन् । भिडियोको एरेञ्ज विक्रम कार्कीको रहेको छ । देश बाहिर रहेर पनि नेपाली गीत संगीतलाई माया गर्दै आइरहेका सर्जक हुन्, पदम भट्टराई । उनले यसअघि पनि आफ्नै स्वर तथा संगीतमा केही गीतहरु बजारमा ल्याइसकेका छन् ।
For More videos Log on to Mazzako TV