नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईलाई जुत्ता प्रहार भएको भन्ने हल्लाप्रति त्यस संगठनकी सदस्य तथा अभिनेत्री करिश्मा मानन्धरले आफ्नो मनमा लागेको कुरा बाहिर ल्याएकी छिन् । बिहिबार पोखराको पृथ्वीनारायण क्याम्पसमा आफु समेत सहभागी भएको कार्यक्रम बारे बाहिर चलेको हल्लाप्रति करिश्माले फेसबुकमा यस्तो लेखेकी छिन् :

karishma-manandhar-photo.docx

हिजो को घटना ले गर्दा मन मा उठेका कुरा…
किनकी म एउटा कलाकार हुँ । अलि संवेदनशिल छु र स्पष्ट बोल्न मन लाग्छ । र हिजो म पनि त्यहि पृथ्वीनारायण क्याम्पस मै थिएँ र भएको भन्दा बढी नै आयो ।

हरेक क्षेत्रमा प्रतिस्पर्धा हुन्छ । म जुन क्षेत्र मा तिसौं बर्ष काम गरे तेस क्षेत्रमा पनि प्रतिस्पर्धा थियोे तर धेरै स्वस्थ प्रतिस्पर्धा थियो.. विभिन्न हल्ला र मिडिया बाजि हुन्थे तर पनि एउटा् रेस्पेट थियो ..चलचित्रको मध्यम बाट पनि कलाकारहरुले समाज परिवर्तनमा उल्लेखनीय भूमिका खेलेका हुन्छन् । भलै त्यस्को लगि पारिश्रमिक लिन्छन् । लोकतान्त्रिक मुलुकमा जनताले आफुलाई चित्त नबुझेको कुरामा बिरोध प्रकट गर्न पाउँछन् । यो कुन नौलो कुरा हो ? तर एउटा नितान्त सेवामूलक क्षेत्र जसले जनता र देशको लगि काम गर्छ । त्यस क्षेत्रलाई यस्तो हलुका बनाएर जनता सामु र बिश्व सामु ल्याउनु कति बुद्धि मानी हो ? माने हावा नलागी पात हल्लिदैन । तर यस्तो संबेदनशिल बिषयमा लेख्दा अलिकती खोज गरेर लेखिएको भए राम्रो हुन्थ्यो होला । किनभने एउटा मनिसले आफ्नो सम्पुर्ण जीवन खर्चंदै त्यो स्थान हासिल गरेको हुन्छ र त्यसलाई यस्तो हलुका रुपमा ल्याउँदा कस्लाई फाईदा हुन्छ ? यसरी हामीले नयाँ पुस्तालाई कस्तो खाल को सोच दिएर जाने ? सायद यस्तै भएर होला राजनीति र राजनीतिज्ञहरुको बारेमा समाजमा नकारात्मक प्रभाव परेको छ ।

तर सबै लाई एउटै बास्केटमा राख्नु कहाम् सम्म सहि हो ? अनी बुद्धिजीवी हरुले यसलाई जोक बनाएर फेसबुकमा पोस्ट गर्नु कति सहि हो ? हो कछुवाको चालले भएका रजनैतिक परिवर्तन र अस्थिर राजनीति अवस्थाका कारण देश धेरै पछाडी परेको छ । यसमा जनता आक्रोशित हुनु स्वभाविक हो तर यो अवस्था मा केही गर्छु भन्ने हरुलाई उनीहरुको सोचाईको काम गर्ने मौका दिनु पर्छ होला ..

For More videos Log on to Mazzako TV