कुन हेर्ने, दयाहाङको ‘सेतो सूर्य’ र कि किशोरको ‘पार्सल’ ?
यो शुक्रबार दुई नयाँ फिल्महरु प्रदर्शनमा आएका छन् । फिल्म दयाहाङ राईको ‘सेतो सूर्य’ र किशोर खतिवडाको ‘पार्सल’ बिच हलमा प्रतिस्पर्धा हुनेछ । यद्पी यी दुई फरक जनराका फिल्म हुन् भने लक्षित दर्शक पनि फरक फरक छन् । दुई फिल्महरुबारे छोटो चर्चा गरौं ।
दिपक रौनियार निर्देशित फिल्म ‘सेतो सूर्य’ भर्खरै सम्पन्न अन्तर्राष्ट्रिय सिङ्गापुर फेस्टिभलमा उत्कृष्ट ठहरिएको फिल्म हो । यो फिल्मले शशस्त्र द्धन्द्धकालपछि नेपाली समाजको वास्तविकतालाई देखाएको छ । फिल्ममा दयाहाङ राई, रविन्द्र मिश्र, दिपक क्षेत्री, देशभक्त खनाल लगायत कलाकारहरुको अभिनय रहेको । ‘सेता सूर्य’ विशेषतः शहरका मल्टिप्लेक्स फिल्म हलहरुमा प्रदर्शन भैरहेको छ । ट्रेलर हेर्नुस् :
यस्तै नव निर्देशक रबिन श्रेष्ठ निर्देशीत फिल्म ‘पार्सल’ सिङ्गल पर्दामा फिल्म हेर्ने दर्शकका लागि हो । रोशनी चलचित्र प्रोडक्शनको ब्यानरमा किशोर लिम्बू सम्बाहाम्फले निर्माण गरेको फिल्म देशभरका झण्डै सत्तरी हलमा एकसाथ प्रदर्शन भएको निर्माण पक्षले जानकारी दिएको छ । ट्रेलर हेर्नुस् :
पूर्वी नेपालका बिभिन्न स्थानमा खिचिएको ‘पार्सल’ मा किशोर खतिवडा, किशोर लिम्बू सम्वाहाम्फे, नीता ढुंगाना, सृजना फागो, प्रभु श्रेष्ठ,बिक्रमसिंह थारु, प्रेषिका निरौला लगायतले अभिनय गरेका छन् । समसामयिक बिषयमा निर्माण गरिएको फिल्ममा लाहुरेको कथा समाबेश गरिएको छ । एक्शन, लभ र सस्पेन्सयुक्त फिल्मले दर्शकको मन जित्ने बिश्वास निर्माण पक्षको छ ।
For More videos Log on to Mazzako TV