रहेनन् ‘राजालाम’ : श्रद्धा सुमन !
कलाकार आरपी भट्टराईको निधन भएको छ । बिहिबार विराटनगर फुपुको घरमा गएका कलाकार भट्टराई शुक्रबार बिहान बिछ्यौनामा मृत अवस्थामा भेटिएका हुन् । निर्देशक दिपाश्री निरौलाले कलाकार भट्टराईको दुखद निधन भएको जानकारी दिइन् । खराब मौसमका कारण विराटनगर जान नसकिएकोमा दिपाले दुःख व्यत्त गरिन् ।
४२ बर्षका आरपी केही दिन अगाडी मात्रै विराटनगर निवास गएका थिए । प्रेसर र सुगर रोगी उनी वजनदार शरीरका कारण चिन्तित थिए । दर्शकमाझ ‘राजालाम’ उपनामले चिनिले कलाकार भट्टराईका एक श्रीमती र दुई छोराहरु छन् । ‘तीतो सत्य’ बाट चर्चामा आएका भट्टराईले गीत समेत गाएका छन् । उनले पछिल्लो पटक ‘कालो रैछु म पनि’ बोलको गीत सार्वजनिक गरेका थिए । मिजासिला स्वभावका भट्टराई हाँस्य व्याङ्ग्य क्षेत्रमा सबैका प्रिय मानिन्थें । स्व.कलाकार भट्टराईप्रति श्रद्धा सुमन !
For More videos Log on to Mazzako TV