saugat-malla

सौगात मल्ल स्टारर फिल्म ‘शब्द’ को ट्रेलर रिलिज भएको छ । सन्तोष सिवाकोटी निर्देशित यो फिल्मको ट्रेलर कमेडी, रोमान्स, एक्सन र ट्रेजीडीयुक्त छ । नायिका कमली वाइवा अनि बाल कलाकार अनुभव रेग्मी सहित अन्य कलाकारहरु देखिएको ट्रेलरमा सौगात सनाईं बजाइरहेका देखिन्छन् । ट्रेलर हेर्नुस् :

माया र सम्बन्धको कथा भन्ने फिल्म ‘शब्द’ पुष २९ गतेदेखि अल नेपाल रिलिज हुँदैछ । फिल्ममा राजनराज सिवाकोटी र सुरेश गैरेको संगीत छ भने एनवी महर्जनले द्धन्द्ध निर्देशन गरेका छन् । शिव ढकालको छायाँकन छ ।

For More videos Log on to Mazzako TV