सबैलाई तार्ने ‘तुईन’ लाई कसले हो तार्ने ? : ‘तुईन’ शिर्ष गीत रिलिज
दुई महिना अघि टिजर सार्वजनिक भएको फिल्म ‘तुइन’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गोरखा र धादिङबासीहरुले त्रिशुली नदिको वारपार गर्दा प्रर्योग गर्दै आएको तुईनको पीडालाई यथार्थ रुपमा उतारिको छ । ‘तुईन’ को शिर्ष गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत र पुष्पन प्रधानको स्वर छ । पुष्पनलाई कृति नेपाली, दीपा महर्जन, रानीसोभा महर्जनले साथ दिएका छन् । भिडियो हेर्नुस् :
युवा निर्देशक उत्सवप्रताप थपलियाको निर्देशन रहेको ‘तुईन’ ले गोरखा र धादिङबासीले दैनिकी रुपमा खेप्नु परेको तुईनको यथार्थ पीडा बोलेको छ । फिल्मले ’तुईन’ प्रयोग गरेर विधालय जाने अनि फर्किने विधार्थीहरुको कथालाई समेत पर्दामा उतारेको छ । फिल्ममा प्रिशा श्रेष्ठ, सुरज थापा, परिक्षितबिक्रम राना, सृजना उप्रेती, विशाल डोटेल, श्याम खड्का, चिराग थपलिया, नेहा पोखरेल, न्यन्सा लगायतको अभिनय छ । मोहन गेलालको कथा रहेको ‘तुईन’ लाई यहि बर्ष भित्र प्रदर्शनमा ल्याउने निर्माण समुहको तयारीमा छ ।
For More videos Log on to Mazzako TV