‘पुरानो डुङ्गा’ बाट निराश बनेका फ्यानलाई दयाको यस्तो जवाफ
फिल्म ‘पुरानो डुङ्गा’ ले अपेक्षाकृत दर्शको साथ पाउन सकेन । रामबाबु गुरुङ निर्देशित यो फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाउँदा अभिनेता दयाहाङ राईको भूमिकाप्रति उनका शुभचिन्कले चित्त दुखाएका छन् । उनकै लागि भनेर फिल्म हेर्न गएका शुभचिन्तक हलबाट निराश हुँदै बाहिरिए । यसमा अभिनेता राई के भन्छन् त ?
शुक्रबारदेखि रिलिज हुने फिल्म ‘सेतो सूर्य’ को जमघटमा निराश भएका फ्यानलाई दयाले भने, ‘यदि मैंले निराश तुलाएको रहेछु भने म आउँदा दिनमा सुधार गर्छु ।’ उनले थपे, ‘म भूमिका छान्दा आफ्नो लागि प्रिय बनाउने कोशिस गर्छु । दर्शकले यो चाहिं मन पराउनु हुन्छ भनेर पात्र छान्दिंन । त्यसकारण मलाई प्रिय लागेको पात्रमा मात्रै मैंले काम गरिहेको छु । जुन पात्र मैंले आकर्षण भन्दा पनि मलाई प्रिय लागेर हेरेको हो ।’ दिपक रौनियार निर्देशित फिल्म ‘सेतो सूर्य’ को भूमिकालाई भने दर्शकले रुचाउने दयाले विश्वास व्यक्त गरे ।
For More videos Log on to Mazzako TV