saathi-album-lunched

पेशाले सिभिल इन्जिनियर रहेका सुमन श्रेष्ठ ले ‘हामी साथी साथी’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गोपाल दाहालको शब्द र वसन्त सापकोटाको संगीत रहेको गीतको भिडियोको धरानमा औपचारिक कार्यक्रमविच बुधबार विमोचन गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा वरिष्ठ गायक, संगीतकार गणेश रसिक र भिडियोका कलाकारले संयुक्त रुपमा भिडियो सार्वजनिक गरेका थिए । भिडियो हेर्नुस्  :

रसिकले साथीसाथी मिलेर निर्माण गरेको गीत र भिडियोले समाजमा सकारात्मक सन्देश दिएको बताए । उनले भने ‘अहिलेको विभाजीत समयमा विभिन्न पेशा, जातीका साथीहरु मिलेर काम गरेको देख्दा खुसी लाग्यो ।’ गायक सुमनले नै निर्देशन गरेको ‘साथी साथी’ भिडियोमा जुलन कालिकोटे, मणि भुजेल, पुष्कर ताम्राकार, रामनारायण साह, राजेश श्रेष्ठ, राजन खनाल, मोहन तिम्सिना, विराज खनाल, शम्भु थापा मगर, भुपेन्द्र गुरुङ, साजन राई लगायतको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले खिचेको गीतको भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।

For More videos Log on to Mazzako TV