धरानमा पाँच दिने चलचित्र महोत्सव हुने
अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा आगामी पुष २७ देखि माघ २ गतेसम्म धरानमा ‘अन्तर्राष्ट्रिय चलचित्र महोत्सब नेपाल २०१७’ आयोजना हुने भएको छ । महोत्सव पाँच दिनसम्म चल्नेछ । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख अतिथिको रुपमा यो महोत्सबको धरानस्थित सभा गृहको प्रेक्षालयमा उद्घाटन गर्नुहुनेछ’ महोत्सवका संयोजक एवं आयोजक संस्थाका संयोजक केपी पाठकले भने ।
प्रदेश नम्बर १ बाट सुरु हुने महोत्सव सात बर्ष भित्र ७ वटै प्रदेशमा पुर्याउने लक्ष्य राखिएको छ । अवार्डका निर्णायक समेत रहेका नायक राजेश हमालले यस्ता महोत्सवले अन्तर्राष्ट्रिय चलचित्र संस्कृति आदन प्रदानमा सहयोग पुग्नुका साथै नेपाली पनि फिल्म हब बन्दै छ भन्ने सन्देश विश्व बजारमा जाने बताए । २२ वटा देशबाट चलचित्र, वृत्तचित्र, काटुर्न चलचित्र, छोटा चलचित्र गरि २ सय १ वटा चलचित्र प्राप्त भएको थियो । निर्णायकले २२ वटा देशका राम्रा चलचित्र छानेको छ । जसमा नेपाल, चीन, भारत, वंगलादेश, श्रीलंका, जापान, इरान, क्युवा, इजिप्ट, रुस, स्टोनीया, काजकिस्तान, जर्मनी, मोन्टेनेग्रो र टर्की गरी १५ देशका ४६ ओटा सिनेमा प्रारम्भिक चयन समितिले छनौट गरेको छ । सो समिति चयन गरेका सिनेमाहरुमा फिचर फिल्म, सर्ट फिल्म, डक्युमेन्ट्री, डक्युड्रामा र कार्टुन फिल्म रहेका छन् । अन्तिम प्रतिस्पर्धाका लागि छानिएका चलचित्रहरु महोत्सबमा पाँच दिन प्रदर्शन गरिने छ ।
महोत्सब संयोजक पाठकका अनुसार महोत्सबमा सहभागी सबै चलचित्रहरुले अवार्डको लागि प्रतिस्पर्धा गर्ने छन् । जस अन्तरार्गत नेपाल पानोरमा अन्तर्गत नेपाली चलचित्रहरुको मात्र प्रतिस्पर्धा हुनेछ भने अन्तराष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत नेपाल लगायत बाँकी देशका सिनेमाहरुबीच प्रतिस्पर्धा हुनेछ । जसमा अवार्डहरु निम्न प्रकार रहनेछन् ।
For More videos Log on to Mazzako TV