कोही ताक्ने ढुंगा अनि कोही चाही चक्कु छुरा ? (भिडियो)
गायक भिजन बास्कोटाको आवाजमा रहेको ‘केही ढुंगा ताक्ने’ बोलको गीति भिडियो सार्वजनिक भएको छ । आनन्द राईको संगीत र मोकिनको शब्द रहेको यो गीतको अडियो झै भिडियो पनि निकै रुचाईएको छ ।
अर्जुन अधिकारीले निर्देशन गरेको यो भिडियोमा कोरियोग्राफर गम्भिर बिष्ट र नायिका शिल्पा पोखरेलले अभिनय गरेका छन् । प्रेम भित्रको पिडा अनि चित्कारलाई भिडियोमा देखाउन खोजिएको छ । भिडियोलाई ज्ञानेन्द्र हुमागाईले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् ।