‘एकका लागि सबै, सबैका लागि एक’ नामक सहकारी गीति सङ्ग्रह बजारमा आएको छ । हालै राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीति संग्रह सार्वजनिक गरिएको हो ।

शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेड झापाले तयार पारेको यो गीति संग्रहलाई सहकारी विभागका उप–रजिष्ट्रार नारायण ज्ञवाली र गायक प्रमोद खरेलले संयुक्त रूपमा विमोचन गरे। यस एल्बममा सहकारीसँग सम्बन्धित ६ वटा गीतहरु रहेका छन् ।

pramod-kharel

सहकारी क्षेत्रमा जागरण फैलाउन यस्ता गीत सङ्गीत आवश्यक हुने भएकाले सहकारी एल्बम तयार गरिएको शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र राउतले मज्जाको अनलाईनलाई बताए ।

यस एल्बममा प्रमोद खरेल, हेमन्त शर्मा, चेतन चुडाल र तिलक मल्ल लगायतको आवाज समेटिएको छ भने शब्द हिमालय प्रसाई, योगेन्द्र पौडेल र दिपेन्द्र राउतको छ ।

For More videos Log on to Mazzako TV