के हिट होला ‘सुर्के थैली’ का संगीतकारको ‘गुलेली हान्दिउँ कि’ ?

युट्युवमा सर्वाधिक हेरिएको (एक करोड बढी) फिल्म ‘वडा नं ६’ को ‘सुर्के थैली’ का संगीतकार राजनराज सिवाकोटीले नयाँ फिल्म ‘शब्द’ मा संगीत दिएका छन् । ‘छक्का पञ्जा’ को ‘पुर्व पश्चिम रेल’ पश्चात् संगीतकार सिवाकोटीले संगीत दिएको ‘गुलेली हान्दिउँ कि’ बोलको गीतलाई पनि रुचाइएको छ । राजनराज आफ्नै शब्द रहेको ‘शब्द’ को यो गीतलाई हालसम्म युट्युवमा नब्बे हजार बढीले हेरेका छन् । अभिनेता सौगात मल्ल र नायिका कमली वाइवा नाचेको गीतको भिडियो यस्तो छ :
लोक लयको संगीत सृजना गर्न माहिर मानिने राजनराजको के यो गीतले पनि बजार पिट्ला त ? सन्तोष सिवाकोटी निर्देशित फिल्म ‘शब्द’ को व्यापारलाई गीतको चर्चाले कत्तिको सहयोग पुर्याउला ? पुष २९ सम्म प्रतिक्षा गरौं ।
For More videos Log on to Mazzako TV







