साथीको भूमिका कस्तो हुनुपर्छ ? ‘समर्पण’ ट्रेलर हेर्नुस्
यहि पुष १५ गतेदेखि रिलिज हुने फिल्म ‘समर्पण’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । नेपाल तथा बंगलादेशमा छायाँकन गरीएको यो फिल्म साथीहरुको मित्रतामा आधारित छ । फायर ईन्टर प्राईजेज एण्ड मिडिया प्रालीको ब्यानरमा रोजन रखालको प्रस्तुति रहेको फिल्म ‘समर्पण’ लाई ईमरान सिद्दिकीले निर्माण गरेका हुन । फिल्ममा कैलाश तामाङ, रन्जु शर्मा, रुबिना शर्मा, अनु पराजुली, आशा भुषाल, रोजन रखाल ,विश्व लामा, प्रयास लामा लगायतको मुख्य भुमिका रहेको छ । बसन्त निरौला निर्देशित फिल्मको ट्रेलर हेर्नुस् :
टंक बुढाथोकीको संगीत रहेको यो फिल्ममा दिव्य सुवेदी,दिनेश बान्तोवा,जयकुमार दलामी मगरको छायाकन, विश्वास लामाको नृत्य, किरण अधिकारी र तारा थापा किम्भेको सम्पादन तथा कुमार महर्जनको एक्सन रहेको छ ।
For More videos Log on to Mazzako TV