फिल्म ‘यो साईनो मायाको’ को टिजर सार्वजनिक गरिएको छ । अरुणकुमार प्रधानले निर्देशन गरेको यो फिल्मलाई यही साल भित्रै रिलिजको लक्ष्य राखिएको छ । साँगीतिक प्रेम कथा बोकेको फिल्मको टिजर हेर्नुस् :

मञ्जिना मुभी क्रियशनको व्यानरमा बनेको फिल्म ‘यो साईनो मायाको’ मा जतिन ताम्राकार र रेश्मा घिमिरे मुख्य भूमिकामा छन् भने सानो पर्दामा डिट्ठा सापको रुपमा चिनिने किशोर भण्डारी, राजु कमेडी, नवनित राज प्रधान, गौरव खतिवडा, विशाल श्रेष्ठ, प्रजिला थाला, कशिश शर्माको पनि फिल्ममा अभिनय देख्न सकिन्छ ।

yo-saino-mayako

मन्जिना ताम्राकारको कथा रहेको फिल्म ‘यो साइनो मायाको’ को मा पटकथा निर्देशक प्रधानकै हो । संगीत कुन्दन थापा र विकेश के शंकरको छ । बाबुराम नेपालीले खिचेको फिल्ममा रामकुमार श्रेष्ठ, सुरेश भण्डारी, ज्ञानु रोए, विरोज ताम्राकार निर्माताका रुपमा छन् । फिल्मलाई वनिष शाहले सम्पादन गरेका छन् ।

For More videos Log on to Mazzako TV