ashisma-nakarmi

हाल अमेरिकामा रहेकी नायिका अशिष्मा नकर्मीलाई प्रेम प्रस्ताव आएको छ । तर साँच्चै होइन्, नेपाली म्युजिक भिडियोमा अशिष्मालाई प्रेम प्रस्ताव राखिएको हो । प्रजित रानाले निर्देशन गरेको म्यूजिक भिडियोमा अशिष्माले मोडलिङ गरेकी छिन् । उनको अपोजिटमा मोडल गिरिश गुरुङ छन् । योगेश काजीको संगीत तथा मेघ पौडेलको शब्द र स्वर रहेको गीतको भिडियो हेर्नुस् :

एक्सन स्टार निखिल उप्रेती अपोजिटमा रहेको फिल्म ‘राधे’ को छायाँकन सकाएर अवार्ड समारोहमा सहभागी हुन अमेरिका गएकी अशिष्मा केही दिनपछि नेपाल फर्किनेछिन् । नेपाल फर्किए लगत्तै अशिष्मा फिल्मको छायाँकनमा व्यस्त हुनेछिन् भने उनले अभिनय गरेको ‘संरक्षण’ प्रदर्शनको क्रममा छ ।

For More videos Log on to Mazzako TV