सुन्नुस् ‘किङ्ग’ को तीन गीत : के होला त हिट ?

फिल्म ‘किङ्ग’ को अडियो जुकबक्स रिलिज गरिएको छ । बसन्त सापकोटा, सुजेन्द्र डि.कार्की र दिनेश सुनामको संगीत रहेको एक्सन लभ स्टोरी फिल्ममा तीन गीतहरु समावेश छन् । तीन गीतहरु भिन्न भिन्न शैलीका छन् । अडियो सुन्नुस् :
सविर श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्म ‘किङ्ग’ मा नायक निखिल उप्रेती, नायिका वेनिशा हमाल, अनुपविक्रम शाही, रुपा राणा लगायत कलाकारहरुको अभिनय रहेको छ । जगन श्रेष्ठको प्रस्तुतीमा जयन श्रेष्ठले निर्माण गरेको ‘किङ्ग’ आउँदो पौष २९ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्मको टिजर र लभ सङ्गको भिडियो रिलिज भैसकेको छ ।
For More videos Log on to Mazzako TV







