‘दर्पण छायाँ २’ को मारुनी गीतमा ‘दर्पणमा छायाँ कत्ति राम्रो’ (भिडियो)
तुलसी घिमिरेको लेखन तथा निर्देशन रहेको फिल्म ‘दर्पण छायाँ २’ को पहिलो गीति भिडियो सार्वजनिक भएको छ । चन्दन लोम्जेलको संगीत रहेको ‘आकाशैमा खुलेको जुन’ बोलको मारुनी गीतमा राजेश पायल राई र मेलिना राईको स्वर छ भने शब्द साबु रबिले लेखेकी छन् । छेदुप लामाले नृत्य निर्देशन गरेको ‘दर्पण छायाँ २’ को भिडियो यस्तो बनेको छ, हेर्नुस् :
भिडियोमा नव प्रस्तुती पुष्पल खड्का र साहारा अनि निर्देशक घिमिरे, कलाकार भारती घिमिरे, फिरोज तिमल्सिना लगायत फिचरिङ छन् । साहारा प्रोडक्सनको पहिलो प्रस्तुती रहेको फिल्म ‘दर्पण छायाँ २’ मा पुष्पल खड्का, सारा र फिरोजसँगै शारदा प्रसाईं, शेर बहादुर गुरुङ, जीवन आचार्य, सुमन घिमिरे, तुफान घले, रोशी केसी, सरिना पौडेल अभिनय रहेको छ । ब्लकबस्टर फिल्म ‘दर्पण छायाँ’ को दोश्रो श्रृङ्खला फागुन २७ गतेदेखि अल नेपाल रिलिज हुँदैछ । डा.लोम्साङ लामाको प्रस्तुती रहेको ‘दर्पण छायाँ २’ लाई साबु गदाल कार्की र रवि कार्कीले निर्माण गरेका हुन् ।
For More videos Log on to Mazzako TV