करिश्मालाई सजिलो लाग्यो यस्तो पहिरण (फोटो फिचर)
अभिनेत्री करिश्मा मानन्धर आफ्नो सौन्दर्यता र पहिरणमा विशेष ध्यान दिन्छिन् । कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुँदा उनी आफ्नो पहिरणमा सहज हुन्छिन् । शनिबार आयोजिन कामना फिल्म अवार्डमा पनि करिश्मा फरक पहिरणमा देखिइन् । जुन पहिरणमा करिश्मा ‘रोयल’ देखिएकी थिइन् । काञ्जिबारम बङ्गाली स्टाइलको सारीमा सजिएकी करिश्मा भन्दै थिइन्, ‘यो सजिलो रैछ !’ नेपाली फिल्म क्षेत्रकी सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धरका तीन तस्बिरलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।