‘बिजुली मेशिन’ मल्टिप्लेक्समा राम्रो (प्रिमियरको भिडियो सहित)
फिल्म ‘बिजुली मेशिन’ ले मल्टिप्लेक्सका दर्शकलाई आकर्षण गरेको छ । प्रिमियर शोमा तारिफ पाएको यो फिल्मले शनिबार मल्टिप्लेक्समा दर्शकको राम्रो साथ पाएको निर्माता दिपेन बस्नेतले बताएका छन् । ‘कतिपय शो हाउसफूल समेत भएको छ’ निर्माता बस्नेत भन्छन् ।

शनिबार मल्टिप्लेक्समा ‘बिजुली मेशिन’ ले पाएको दर्शक संख्या र उनीहरुको प्रतिक्रियाले आफ्नो टिम उत्साहित भएको निर्माता बस्नेतले बताए । उसो त नविन अवाल निर्देशित फिल्मलाई प्रायः शहरका मल्टिप्लेक्समा मात्रै लगाइएको छ । काठमाण्डौं र मोफसल गरी ‘बिजुली मेशिन’ झण्डै दुई दर्जन हलहरुमा प्रदर्शनरत छ । युवा पुस्ताको सोच र युवा कलाकारहरुको अभिनय रहेको फिल्मलाई प्रिमियरमा निकै राम्रो प्रतिक्रिया मिलेको थियो । भिडियो हेर्नुस् :








