युवा स्टार अनमोल केसीको आगामी फिल्म ‘कृ’ को नयाँ प्रदर्शन मिति तय गरिएको छ । निर्माता सुवास गिरीका अनुसार अनमोलको यो फिल्म आगामी भदौ १६ गतेदेखि अल नेपाल प्रदर्शनमा आउनेछ । सम्पादक सुरेन्द्र पौडेलले निर्देशन गर्ने ‘कृ’ यसअघि दशैंमा रिलिज हुने भनिएको थियो ।

Anmol kc

‘हामीले छायांकन अगावै प्रदर्शन मिति तय गरेका छौं । भदौमा पर्ने विभिन्न सार्वजनिक बिदा र दशैलाई लक्षित गरेर भदौ १६ लाई प्रदर्शन मिति तय गरिएको हो’ ‘कृ’ को नयाँ प्रदर्शन मिति बारे निर्माता गिरीले भनेका छन् । सुवास इन्टरटेन्मेन्टको निर्माण र द् सुपर काजोल फिल्मस्को प्रस्तुतीमा ‘कृ’ निर्माण हुँदैछ । फिल्ममा सुवास गिरी र नायक भुवन केसीको संयुक्त लगानी रहनेछ । फिल्मको कार्यकारी निर्मातामा कमल गिरी र सह–निर्मातामा श्री पराजुली रहेका छन् ।

‘कृ’ मा अनमोलसँग नव नायिका अदिती वुढाथोकी अपोजिटमा प्रस्तुत हुँदैछिन् । यहि फिल्मका लागि अनमोल अहिले आफ्नो शरीर बनाउन लागि परेका छन् । अनमोलको पछिल्लो फिल्म ‘गाजलु’ रिलिजको करिब पन्ध्र महिनापछि ‘कृ’ प्रदर्शनमा प्रदर्शनमा आउने भएको हो ।

For More videos Log on to Mazzako TV