यो साता दुई नयाँ नेपाली फिल्महरु प्रदर्शनमा आएका छन, ‘बिजुली मेशिन’ अनि ‘तँ म र ऊ’ । युवा पुस्ताको सोच र संलग्नता रहेको फिल्म ‘बिजुली मेशिन’ ले बिहिबार प्रिमियर गर्दा सँगै प्रदर्शनमा आउने फिल्म ‘तँ म र ऊ’ ले भने रिलिज पुर्व सामान्य जमघट पनि गर्न सकेन । यस्तो गर्न नसक्नुको पछाडी पनि आफ्नै कारण छ ।

Amesh and Neeta 1

फिल्म ‘तँ म र ऊ’ ले प्रदर्शनपुर्व व्यापक प्रचार गर्न नसक्नुमा नायिका नीता ढुंगाना र नायक आमेश भण्डारीको ब्रेकअप नै प्रमुख कारण हो । एक समय बिवाह नै गर्ने सोच बनाए नीता र आमेशको ब्रेकअप भएपछि यी दुईलाई एकसाथ उभ्याउन फिल्मको टिम असमर्थ रह्यो । र, फलतः फिल्म ‘तँ म र ऊ’ सुटुक्ट प्रदर्शनमा आयो । जहाँ नीता, आमेश र सुदेन प्रसाईंको मुख्य भूमिका रहेको । प्रचारमा देखिएको सुस्तता त पक्कै पनि फिल्मको व्यापारमा पर्ने छ । तर पनि हेरौं ब्रेकअप जोडी नीता र आमेशको फिल्मले कस्तो व्यापार गर्नेछ ? ‘फूलै फूलको मौसम तिमीलाई’ प्रदर्शनताका नीता र आमेशसँग गरिएको गफगाफ हेर्नुस् :

उसो त प्रेममा हुँदा प्रदर्शनमा आएको नीता र आमेशको फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ सुपर फ्लप बन्न गएको थियो । ब्रेकअप भएपछि नीता फिल्ममा व्यस्त भैरहेकी छिन् भने आमेश आफ्नै व्यापार सम्हालिरहेका छन् ।

For More videos Log on to Mazzako TV