‘बिजुली मेशिन’ हेरेपछि निश्चल र हेमराजले भने, ‘अर्को भेट्रान निर्देशकको आगमन भयो’
मंसिर १७ गतेदेखि अल नेपाल प्रदर्शनमा आउने फिल्म ‘बिजुली मेशिन’ को प्रिमियर गरिएको छ । बिहिबार, हात्तिसारस्थित जय नेपालमा हलमा आयोजना गरिएको प्रिमियर शोमा सहभागीले फिल्म मन परेको प्रतिक्रिया दिएका छन् । निर्देशकद्वाय निश्चल बस्नेत र हेमराज विसीले त नेपाली फिल्म क्षेत्रमा अर्को एक ‘भेट्रान’ निर्देशकको आगमन भएको भन्ने प्रतिक्रिया दिएका छन् ।

बिजुली मेशिन हेर्नु भयो, भेट्रान निर्देशकलाई कस्तो लाग्यो ? भन्ने प्रश्नमा निर्देशक बस्नेतले भने, ‘भर्खर जुन फिल्म हेरेर आउनु भयो अर्को एउटा भेट्रान निर्देशक थपियो भनेर जान्नुस् ।’ निश्चलको कुरामा सही थप्दै हेमरजाले पनि नेपाली फिल्म क्षेत्रमा ‘बिजुली मेशिन’ बाट राम्रो निर्देशकको आगमन भएको बताए । ‘राम्रो फिल्म बनेको छ हेर्न नछुटाउनु होला’ हेमराजले भने ।

नविन अवाल फिल्म ‘बिजुली मेशिन’ का निर्देशक हुन् । आवाजबाट बिजुली निकाल्न सकिन्छ भन्ने प्लस टु पढ्ने दुई विद्यार्थीको परिकल्पनालाई निर्देशक आवलले मिठो तवरले प्रस्तुत गरेका छन् । फिल्ममा अभिषेक सुवेदी, जीवन अधिकारी र रेलिजा श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएका छन् भने महानायक राजेश हमाल केमियो रोलमा प्रस्तुत भएका छन् ।

यी सँगै ‘बिजुली मेशिन’ मा कलाकारहरु बुद्धि तामाङ ‘हैट’, आशिष लुईंटेल, जीवन भट्टराई, लक्ष्मी भूषाल लगायत कलाकारहरुको अभिनय रहेको छ । रिसभ आचार्य, दिपेन बस्नेत, संजिव कुमार न्यौपाने र बिन्दु तिमल्सिनाको संयुक्त लगानी रहेको फिल्ममा हरी हुँमागाईंको सिनेम्याटोग्राफी रहेको छ । तस्बिरहरु : उद्धव रसाईली
For More videos Log on to Mazzako TV








