वन सर्ट ओकेमा सुटिङ प्याकअप ‘जालो’ र ‘जालो रिटन्र्स’
वान सर्ट ओके दुई नेपाली फिल्महरु ‘जालो’ र ‘जालो रिटन्र्स’ को छायाँकन समापन भएको छ । झण्डै दुई साताको अभ्यासपछि यी दुई फिल्महरुलाई मंसिर १५ गते बुधबार चार घण्टा लगाएर वन सर्टमा ओकेमा सुटिङ प्याकअप गरिएको हो ।
सुटिङ सकिएसँगै यी दुई नेपाली फिल्महरुको गिनिज वल्र्ड रेकर्डमा वन सर्ट ओके फिल्मको नाम लेखाउने प्रक्रिया पनि सुरु भएको छ । गिनिज वल्र्ड रेकर्डमा वन सर्ट ओके फिल्मको नाममा भारतमा बनेको ३ घण्टा २८ मिनेट चार सेकेण्ड लामो फिल्मको नाम छ । यसै साता गिनिज वल्र्ड रेकर्डलाई मेल पठाउने र दुई महिनापछि नाम लेखाउन प्रक्रिया सुरु गर्ने लेखक तथा निर्देशक अराज केशव गिरीले बताए । ‘दुई मिहिना पोस्ट प्रोडक्सनमा समय लाग्छ, त्यसपछि गिनिज वल्र्ड रेकर्डको लागि हामी प्रक्रिया थाल्नेछौं ।’
विश्व किर्तिमानी कायम गर्ने दौडमा रहेको फिल्म ‘जालो’ र ‘जालो रिटन्र्स’ मा निर शाह, लक्ष्मी गिरी, रविन्द्र खड्का, अनुपविक्रम शाही, मेनुका प्रधान, निराजन प्रधान, रेमनदास श्रेष्ठ, मुना गौचन, प्रमिला खनाल लगायतको अभिनय रहेको छ । हरी घले लामाको छायाँकन रहेको फिल्ममा बासुदेव मुनाल, हरी लम्साल र मोहित मुनालले संगीत दिएका छन् ।
For More videos Log on to Mazzako TV