आयो ‘मायाले बोलेको’ भिडियो : रुचाइएको थियो अडियो
अडियोमा रुचाइएको फिल्म ‘कारखाना’ को ‘मायाले बोलेको’ गीतको भिडियो रिलिज भएको छ । हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको भिडियोलाई कविराज गहतराजले निर्देशिन गरेका छन् । गीतमा सुगम पोखरेल र निकिता थापाकोस्वर छ । सिक्स प्याक नायक सुशिल श्रेष्ठ र क्युट हिरोइन बर्षा सिवाकोटी फिचरिङ भिडियो हेर्नुस् :
अमरदिप सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्म ‘कारखाना’ लाई सुदिप खड्का र अमर बज्रचार्यले निर्माण गरेका हुन् । फिल्ममा सुशिल र बर्षासँगै नविण लम्साल, जेविका कार्की, विकास उप्रेती, सुपी थापा लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्म पुष २९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
For More videos Log on to Mazzako TV