पर्वमा घटेको घटनापछि एक पात्रले आफ्नो नायिका नम्रता श्रेष्ठ र ‘मोक्ष’ अभिनेता कोशिश क्षेत्रीको मुख्य भूमिका रहने गरि फिल्म ‘पर्व’ निर्माण हुने भएको छ । टीभी फिल्मको निर्माण रहने यो फिल्ममा निर्माता सुवास गिरीको सुवास इन्टरटेन्मेन्टको पनि सहकार्य रहेनछ । टिभि फिल्मीको छैठौं बार्षिकोत्सवको अवसरमा ‘पर्व’ को घोषणा गरिएको हो ।

parva-team

पर्वमा घटेको घटनापछि एक पात्रले आफ्नो व्यक्तिगत सन्तुष्टीका लागि गर्ने क्रियाकलापलाई सस्पेन्स शैलीमा प्रस्तुत गरिने निर्देशक राउतले जानकारी दिए । चैत्रको २५ गते रिलिज हुने फिल्ममा नम्रता र कोशिशका अलवा अमितेष शाह, प्रिया रिजाल, श्रीयन्स तिमिल्सिनाको मुख्य भूमिका रहनेछ । फिल्मका लागि अन्य २ मुख्य यूवतीको खोजी भैरहेको निर्माण पक्षले जानकारी दिएको छ । कोशिश क्षेत्रीको कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको एक्सन रहने फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।

parva-team2

विकास सुवेदी एसोसियट निर्देशक रहने फिल्ममा शान थापा सहयोगी निर्देशकको रुपमा रहनेछन् भने कोशिश क्षेत्री र राजन राज सिवाकोटीको संगीत, दिनेश राउत र सिवाकोटीकै शब्द छ । निश्चल बस्नेत, मिना निरौला, केतन क्षेत्री र राजनराज सिवाकोटीले गीतमा स्वर दिनेछन् । फिल्मका लाइन प्रोड्यूसर विष्णु सुवेदी हुन् ।

For More videos Log on to Mazzako TV